वडाध्यक्षको नतिजाः नेकपा र कांग्रेसले कहाँ-कहाँ जिते? (सूचीसहित)

फाइल तस्बिर: बिएल

उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको छ।

नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा छ। राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ।

उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडामध्ये नेकपाले ८ वडा गुमाएको छ। तर उसले यसअघि कांग्रेसले जितेका समेत गरी ८ वटै वडा जितेर आफ्नो संख्या कायम राख्न सफल भएको छ।

पहिले जितेका ८ वडा गुमाउँदा उसले त्यति नै संख्यामा नयाँ ठाउँमा जित निकालेको छ।

त्यस्तै नेपाली कांग्रेसले जितेका ठाउँमा उपचुनाव हुने १२ वडा थिए। तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाएको छ। तर उसले नेकपा र राजपाले यसअघि जितेका वडामा नयाँ जित निकालेर ८ नयाँ वडा जितेर १२ स्थानमा आफ्नो विजय निकालेको छ।

यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ। यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

 

क्र.सं. गापा/नपाका वडा   उपचुनावमा विजयी दल 
१. हिलिहाङ-७, पाँचथर- कांग्रेस 
२. फिदिम-१, पाँचथर- नेकपा 
३. धनपालथान-२, मोरङ- कांग्रेस 
४. खाँदबारी-३, संखुवासभा- नेकपा 
५. धरान-७, सुनसरी- नेकपा
६. साकेला-३, खोटाङ- नेकपा 
७. पौवादुङ्मा-१, भोजपुर- नेकपा 
८. छिन्नमस्ता-७, सप्तरी- राजपा 
९. कल्याणपुर-१२, सिरहा- नेकपा 
१०. मटिहानी-६, महोत्तरी- राजपा 
१३. गढीमाई-२, रौतहट- कांग्रेस 
१४. सखुवाप्रसौनी-५, पर्सा- समाजवादी 
१५. हरिपुर्वा-१, सर्लाही- समाजवादी 
१६. बारागढी-१, बारा- समाजवादी 
१७. उमाकुण्ड-५, रामेछाप- नेकपा 
१८. खैरहनी-४, चितवन- कांग्रेस 
१९. खैरहनी-५, चितवन- कांग्रेस 
२१. धुलिखेल-२, काभ्रे- नेकपा 
२२. दक्षिणकाली-३, काठमाडौं- नेकपा
२३. इन्द्रावती-८, सिन्धुपाल्चोक- नेकपा 
२४. बढीगाड-२, बागलुङ- नेकपा 
२५. सुन्दरबजार-२, लम्जुङ- नेकपा 
२६. बुङ्दीकाली-५, नवलपरासी- नेकपा 
२७. मालारानी-३, अर्घाखाँची- कांग्रेस 
२८. ऐरावती-१, प्युठान- नेकपा
२९. ऐरावती-२, प्युठान- जनमोर्चा
३०. प्युठान नगरपालिका-२, प्युठान- नेकपा 
३१. घोराही-१६, दाङ- कांग्रेस 
३२. कोहलपुर-६, बाँके- नेकपा 
३३. रुरु-६, गुल्मी- नेकपा 
३४. थवाङ-१, रोल्पा- नेकपा स्वतन्त्र
३५. शिवराज नपा- १०-  कपिलवस्तु- राजपा स्वतन्त्र
३६. कुमाखमालिका-५-  सल्यान, नेकपा 
३७. आदर्श-२, डोटी- नेकपा 
३८. मेल्लेख-५, अछाम- नेकपा 
३९. पुरचौडी-४, बैतडी- कांग्रेस 
४०. दोगडा केदार-४, बैतडी- कांग्रेस 
४१. सुर्नया-१ बैतडी, कांग्रेस 
४२. पुनर्वास-३, कञ्चनपुर- नेकपा 
४३. त्रिवेणी-१ बाजुरा- नेकपा 

प्रकाशित मिति: : 2019-12-01 12:17:38

प्रतिकृया दिनुहोस्