कास्की-२ मा विद्याकाे दोब्बर अग्रता

फाइल तस्बिर: बिएल

प्रतिनिधिसभाको कास्की– क्षेत्र नं‍ २ मा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।

विद्याले १४ हजार ८७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो।

मतगणना जारी छ।

प्रकाशित मिति: : 2019-12-01 13:06:23

प्रतिकृया दिनुहोस्