अष्ट्रेलियाको पीआरमा दक्षलाई प्राथमिकता : नयाँ अंक सिष्टमबाट नेपाली प्रभावित

अष्ट्रेलियाले स्थायी बासिन्दाको अनुमतिपत्र 'पीआर' लिन लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा ठुलो फेरबदल गरेको छ। यो नयाँ सिष्टमबाट अष्ट्रेलियामा रहेका नेपाली पनि प्रभावित हुने भएका छन्।

दक्ष आवेदकलाई प्रोत्साहन गर्न ल्याइएको नयाँ नीतिअनुसार दक्ष जोडीले थप अंक पाउने छन् भने एकल दक्ष आवेदक समेत लाभान्वित हुनेछन्।

यसअघि दक्ष जोडीले ५ अंक पाउँदै आएकोमा अब थप १० अंक पाउँनेछन्। अंग्रेजीमा दक्ष भए उनीहरूलाई थप ५ अंक दिइने छ। यसैगरी दक्ष एकल आवेदकलाई १० अंक थप दिइने छ।

 दुर्गमका राज्य तथा सरकारले आवेदकलाई स्पोन्सर गरेमा १५ अंक दिइने छ यसअघि त्यस्ता आवेदकलाई १० अंक दिइदै आइएको थियो।

अष्ट्रेलिया आप्रवासनका लागि ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (इओआइ) दर्ता गर्न तोकिएको पेशामा कम्तिमा ६५ अंक प्राप्त गर्नुपर्ने हुन्छ। तर, अहिले यो न्युनतम अंक हासिल गर्नेले पीआर पाइरहेका छैनन्। अहिले नर्सिङ्गमा ७५ अंक र  एकाउन्टिङमा ८५ अंक ल्याएकाले मात्र पीआरका लागि आमन्त्रण पाइरहेका छन्।
आप्रवासी संख्यालाई वार्षिक ३० हजारले कम गर्ने घोषणा गरिसकेको अष्ट्रेलियाले दक्ष आप्रवासीलाई मात्र पीआर बनाउँन यो नयाँ रणनीति ल्याएको हो । 
प्रकाशित मिति: : 2019-04-19 22:38:37

प्रतिकृया दिनुहोस्