कंगारूको देशमा 'कपुरी क'

कपुरी 'क' एक उपमा, पढाइ त कक्षा १२ सम्म, त्यो पनि सरकारी विद्यालयमै । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स।

अस्ट्रेलियाले आफ्नो पाठ्यक्रममा नेपाली भाषा पनि समावेस गरेको छ। बढ्दो नेपाली डायस्पोरासँगै अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा नेपाली विद्यार्थी तथा विद्यालयको रुचिअनुसार नेपाली भाषा समावेस गरेको जनाइएको छ ।

सरकारको यो निर्णयानुसार अस्ट्रेलियाको न्यु साउथ वेल्सका र दक्षिण अस्ट्रेलियाका पाँच सरकारी विद्यालयमा ऐच्छिक विषयका रूपमा नेपाली विषयको पठनपाठन भैरहेको छ ।

न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह र रकडेलमा नेपाली विषय पढाइ हुन्छ । यहाँ प्राथमिक तहमा मात्र नेपाली विषय समावेस गरिएको छ । त्यहाँ  एकसय २८ विद्यार्थीले नेपाली भाषा पढिरहेको बताइएको छ । 

उता, दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका सालिस्बरी, प्लेफोर्ड इन्टरनेसनल कलेज र प्यारालोबीमा कक्षा ८ देखि १२ सम्म नेपाली भाषा पढाइन्छ। यी तीन विद्यालयमा गरी एक सय १७ विद्यार्थीले नेपाली भाषा पढिरहेको बताइन्छ । यी विद्यालयमा नेपालीका अतिरिक्त नेपाली भाषी भुटानी विद्यार्थीले नेपाली भाषा पढिरहेका छन् ।  

प्रकाशित मिति: : 2019-11-19 20:14:37

प्रतिकृया दिनुहोस्