कास्की २ मा विद्या साढे ८ हजार मतले अघि

फाइल तस्बिर: बिएल

कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन्।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा र कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन्।

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ। वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ। अहिले ११ नम्बर वडाको मतगणना थालिएको छ।

२०७४ सालमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए।

प्रकाशित मिति: : 2019-12-01 15:52:49

प्रतिकृया दिनुहोस्