बाग्लुङमा जनमोर्चाकाे अग्रता,कांग्रेस १५४ मतले पछाडि

फाइल तस्बिर: बिएल

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता लिएका छन्। उनले २ हजार १९७ मत ल्याएका छन्। शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन छ ।

कांग्रेसका जितबहादुर शेरचनको दुई हजार ४३ मत पुगेको छ।

सत्तारुढ समाजवादी पार्टीका अशोक विकको ११७, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीले १०, राष्ट्रिय जनमुक्ति पार्टी यामबहादुर आलेले ५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राईले २ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ९ मत छ।

अर्का स्वतन्त्र उम्मेदवार वीरमान घर्तीले ४४ मत पाएका छन्। कमल थापा नेतृत्वको राप्रपा र मंगोल नेसनल अर्गनाईजेसनले खाता खोल्न सकेको छैन।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।

प्रकाशित मिति: : 2019-12-01 17:36:56

प्रतिकृया दिनुहोस्