एनआरएन अमेरिका: डा. पौडेलले टेरेनन् आईसीसीको छानबिन समितिलाई

हिजो एउटै डुंगामा चढेर चुनावी बाजी मारेका पौडेल र जोशी आज एकआपसमा भिडिरहेका छन् । तस्वीर: बीएल

एनआरएन अमेरिकाका अध्यक्ष पदका एक उम्मेद्वार सुनील साह वेभसाइट प्रकरणमा संलग्न रहे/नरहेको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन दिएको छ। 

एनआरएन आईसीसीका लागि उत्तर अमेरिकाका संयोजक गौरीराज जोशीले गठन गरेको तीन सदस्यीय छानबिन समितिले एनआरएन अमेरिकाले सदस्यतासम्वन्धी कुनै तथ्यांक नदिएकोले त्यसको अभावमा कुनै पनि निर्णयमा पुग्न नसकिएको जनाएको छ। 

छानबिन समितिले सदस्यतासम्वन्धी समस्याको समाधानका लागि एक स्वतन्त्र छानबिन समिति गठन गरी एनआरएन आईसीसीको संयोजनमा सदस्यता प्रमाणिकरण गुर्नुपर्ने सिफारिस गरेको छ।

एनआरएन अमेरिकाका अध्यक्ष पदका एक उम्मेद्वार सुनील साह वेभसाइट प्रकरणमा संलग्न रहेको आशंका जनाउँदै अध्यक्षका अन्य दुई उम्मेद्वार सञ्जय थापा र सूर्य (साल) लम्सालले छानबिनका लागि एनआरएन एनसीसी अमेरिका, एनआरएन आईसीसी गुहारेका थिए। उनीहरूको मागअनुसार नै आईसीसीका तर्फबाट उत्तर अमेरिकाका संयोजक गौरीराज जोशीले तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए।

छानबिन प्रभावित हुने सम्भावना देखाएर समितिका संयोजक र सदस्यको नाम गोप्य राखिएको समितिको प्रतिवेदनसँगै उनीहरूको नाम पनि सार्वजनिक भएको छ। छानबीन समितिको संयोजकमा गोपाल शाह र सदस्यहरूमा श्री पराजुली र विनय अर्याल रहेको  पाइएको छ। 

 

छानबिन समितिको प्रतिवेदनको पूर्ण पाठ 

प्रकाशित मिति: : 2019-05-16 00:07:14

प्रतिकृया दिनुहोस्