एनआरएन अमेरिका नेपाली कांग्रेसको कब्जामा: सुनील साह प्यानलको बर्चस्व

एनआरएन अमेरिका चारतारेमय भएको सांकेतिक तस्बिर । लेआउट : बीएल

एनआरएन अमेरिकाको सन् २०१९-२१ कार्यकालका लागि भएको चुनावको आधिकारिक परिणाम प्राप्त भएको छ। 

निर्वाचन समितिले जनाएअनुसार नेपाली कांग्रेसका उम्मेद्वार सुनील शाहले नेतृत्व गरेको प्यानलले प्राय: सबै पदमा विजयी भएको छ। 

अध्यक्षमा सुनील साह ३५७१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सूर्य (साल) लम्सालले १७९७मत प्राप्त गरे भने १५५४ मत प्राप्त गरी सञ्जय थापा तेस्रो भए। कुल ७१९१ मत खसेकोमा १२९ मत भने नो भोटमा परेको थियो।

यसैगरी साह प्यानलकै डा. अर्जुन बञ्जाडे २९४९ मत पाएर वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका छन्। उनका निकटतम प्रतिस्पर्धी अमृतनाथ सापकोटाले २६१६ मत पाएका छन्। महासचिवमा पशुपति पाण्डे बिजयी भए। उनले ३०४२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी गोपेन्द्रराज भट्टराईले २१६६ मत पाए। 

यसैगरी उपाध्यक्षहरूमा मध्यपश्चिमबाट बुद्धिसागर सुवेदी (३५०२) विजयी भए उनका निकटतम प्रतिस्पर्धी बाला घिमिरे (३२२०) थिए। यस पदमा ४६९ मत ब्ल्यांक भोटमा परेको छ। उत्तरपुर्वमा बाबुराम लामा (३५१९) ले महेश मल्ल(३०९७) लाई पराजित गरे। यहाँ ५७५ मत ब्ल्यांक भोटमा पर्यो।दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजीवी पन्थ (४६३९) मत प्राईत गर्लै वियजी भए। उनले थलराज पन्त(२०३०) लाई भारी मतान्तरले पराजित गरे। यस क्षेत्रमा पनि ५२२ मत ब्ल्यांक भोटमा पर्यो। पश्चिम क्षेत्रको उपाध्यक्षमा सर्वज्ञ वाग्ले (३७८७) ले रामबाबु पाण्डे (२८२७) लाई पराजित गरे। यस क्षेत्रमा ५७७ मत ब्ल्यांक भोटमा पर्यो।

यसैगरी सचिवमा अमृतबाबु कट्टेलले ३३३५ मत प्राप्त गरी भानुभक्त खरेल (३२६२) लाई साँघुरो मतान्तरले पराजित गरे।यस पदमा ५९४ मतब्ल्यांक भोटमा पर्यो। कोषाध्यक्षमा २६७१ मत प्राप्त गरी नेत्रप्रसाल पोखरेल बन्धु विजयी भए र उनले २६७१ मत पाउँदा निकटतम प्रतिस्पर्धी रविन बज्राचार्य (२३३८) लाई पराजित गरे। यस पदमा ४७२ मत ब्ल्यांक भोटमा पर्यो। सहकोषाध्यक्षमा ३८६५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी ज्ञान थापाले २६०१ मत पाए। यस पदमा ७२५ मत ब्ल्यांक भोटमा पर्यो।

यसैगरी युवा संयोजकमा विनोद रूवाली (३५५०) विजयी भए। ६१६ मत ब्ल्यांक मत परेको यस पदका उनका निकटतम प्रतिस्पर्धी प्रितम कुसियतले ३०२५ मत पाए।महिला संयोजकमा ३९४५ मत प्राप्त गरी दीक्षा बस्नेत बिजयी भइन् ।उनकी निकटतम प्रतिस्पर्धी सुनिता खत्रीले २७३३ मत प्राप्त गरिन् । यस पदमा ५१३ मतब्ल्यांक भोटमा पर्यो।

बोर्ड मेम्बरमा विजयी हुनेमा सत्यनारायण चौधरी (२११५), चित्रा कार्की (२०५९), छत्रा गुरूङ (२३६५), धर्म विश्वकर्मा(१८७०), दुर्गाप्रसाद श्रेष्ठ (२३१९), खिमबिक्रम भट्टराई (२०२३), अमर बी छन्त्याल(१८७६), चेतप्रसाल पौडेल(२१०७), जीवनकुमार जोशी(२०२६), पदमबहादुर ठकुराठी (२२४६), बासुदेव अधिकारी (२१२१) र तिलक केसी (१९१८) रहेका छन्। 

यसैगरी आईसीसी मेम्बरमा विजयी हुनेमा शंकर खड्का(२९९८), तृष्णा शर्मा (३९७५), जेदुनाथ पोखरेल(३९८९),शिवराज पौडेल(३२५५), होमनाथ गौतम(३२९८) र स्वराज खाती (४२४७) रहेका छन्। 

कोषाध्यक्ष र सहकोषाध्यक्षमा विजयी हुनेहरू साह प्यानलमा नपरेका उम्मेद्वार हुन्। उनीहरू कांग्रेस पृष्ठभूमिकै उम्मेद्वार हुन्। पाँचजना बोर्ड मेम्बर भने नेपालमा नेकपालाई माउ पार्टी मान्ने सञ्जय थापा प्यानलका विजयी भए। यसरी विजयी हुनेहरूमा छत्र गुरूङ, तिलक केसी, जीवन जोशी, धर्म विश्वकर्मा र खिम विक्रम भट्टराई रहेका छन्। 

 यही प्यानलका आईसीसी मेम्बरका उम्मेद्वार रामकुकमार सुवेदी पनि अप्रत्यासित रूपमा पराजित भए। यसअघि उपाध्यक्ष रहेका  सुवेदी सदस्यता समितिका संयोजक थिए। उनी सदस्यता समितिको सयोजक भएर पनि चुनावमा प्रत्यासी भएको भनेर विवादमा तानिएका थिए। शायद यही कारणले उनलाई पराजित बनायो।

साहले नेपालका नेपाली कांग्रेसलाई माउपार्टी मान्नेहरूको प्यानल नै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए। उनको प्यानललाई अमेरिकामा रहेको नेपाली कांग्रेसको भगिनी संस्था नेपाली जनसम्पक समिति अमेरिकाले आधिकारिक प्यानलको रूपमा घोषणा गरेको थियो। सूर्य लम्साल विचारले नेपाली कांग्रेस नजिक मानिए पनि उनलाई कांग्रेसले मान्यता दिएको थिएन र उनी एक किसिमले वागी उम्मेद्वार जस्ता देखिएका थिए। सञ्जय थापा भने नेपालको सत्तारूढ दल नेकपाको प्रवास भातृसंस्था प्रवासी नेपाली मञ्च अमेरिकाका निबर्तमान अध्यक्ष हुन्। उनले पनि नेपालमा नेकपालाई माउ पार्टी मान्नेहरूको प्यानल नै बनाएका थिए।

प्रकाशित मिति: : 2019-05-20 18:31:28

प्रतिकृया दिनुहोस्