बागलुङ प्रदेशससभा सदस्यमा राजमोका खिमविक्रम शाही विजयी

फाइल तस्बिर: बिएल

बागलुङ क्षेत्रनम्बर २ (ख) बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन्।

प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन्।

उपनिर्वाचनमा तेस्रो बनेका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत पाएका छन्।

उपनिर्वाचनमा कुल ३५ हजार १८४ मतदातामध्ये २१ हजार ८९५ जनाले मतदान गरेका थिए।

२०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा–राजमो गठवन्धनबाट राजमोका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट जीतबहादुर शेरचन नै चुनाव लडेका थिए। उनले ८ हजार ६२४ मत ल्याएका थिए।

प्रकाशित मिति: : 2019-12-02 07:45:41

प्रतिकृया दिनुहोस्