सीएनएनकै पोल भन्छ- सन् २०२० मा पनि ट्रम्प नै जित्छन् !

सीएनएनले भनेपछि सोह्रैआना ढुक्क .. ! तस्बिर : एपी ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कट्टर विरोधीका रूपमा देखिएको सीएनएनका लागि एसएसआरएसले गरेको सर्वेक्षणले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पले नै जित्ने देखाएको छ । सर्वेक्षणमा सहभागी ५४ प्रतिशत अमेरिकीले  ट्रम्पले जित्ने भनेका छन् भने ४१ प्रतिशतले उनी हार्ने बताएका छन् ।

यसअघि गत वर्षको डिसेम्बरमा गरिएको सर्वेक्षणमा भने सन् २०२० ट्रम्प हार्छन् भन्नेको संख्या ५१ प्रतिशत थियो ।

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावनाको कारणबारे सोधिएको प्रश्नमा उनीहरूले अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई नै मूलकारण बताएका छन् । यस्तो कारण बताउने अमेरिकीको संख्या २६ प्रतिशत छ ।  यसैगरी १२ प्रतिशतले उनले प्रतिबद्धता लागु गरेकोले जित्ने बताउका छन् भने १२ प्रतिसतले अन्य राष्ट्रपतिले भन्दा राम्रो काम गरेको बताएका छन् । ५ प्रतिसतले भने उनी सीमा नीतिमा असफल भएको बताउका छन् ।

उनले नजित्ने पक्षमा देखिए अमेरिकीले भने यस्तो कारण बताएका छन् । १३ प्रतिशतले झुटो बोल्ने ,११ प्रतिशतले राष्ट्रपतिका लागि योग्य नै नभएको बताएका छन् भने, ७-७ प्रतिशतले राष्ट्रपतिले गर्ने कार्य नगरेको र आप्रवासनसम्बन्धी काम नगरेको बताएका छन् । 

गत बर्ष डिसेम्बरमा गरिएको सर्वेक्षणमा भने फरक रहेको र त्यस बेला ५१ प्रतिशतले दोश्रो पटकको लागि हार्ने भनि सर्वेक्षणमा बताएका थिए ।

राष्ट्रपति ट्रम्प सीएनएनलाई फेक मिडिया भन्दै आउका छन् । अब त्यही फेक मिडियाले नै उनी सन् २०२० मा दोस्रो कार्यकालका लागि जित्छन् भनेपछि चाँहि के भन्ने हुन् ? उनको प्रतिक्रिया अपेक्षा गरिरहेका छन् । तर, यो समाचार तयार पार्दासम्म पनि उनले यस पोलमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

प्रकाशित मिति: : 2019-06-09 05:28:00

प्रतिकृया दिनुहोस्