न्युयोर्कको म्यानहट्टनमा हेलिकोप्टर दुर्घटना : नाइन इलावेनको झल्कोले न्युयोर्कबासी त्रस्त (भिडियोसहित)

अमेरिकाको न्युयोर्क सहरको म्यानहाटनको एउटा घरको छतमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटना सेभेन्थ स्ट्रिटको ७८७ नम्बरको भवनमा भएको हो । 

दुर्घटनामा एकजनाको मृत्यु भएको न्युयोर्क पुलिसले जनाएको छ । उसले मृतक हेलिकप्टर चालक हुनसक्ने अनुमान गरेको छ ।

न्युयोर्क सहरका मेयर बिल डे व्लाजियोले पत्रकार सम्मेलन गरी सो कुराको पुष्टी गरेका हुन ।

पाइलट को थिए र दुर्घटना कसरी भयो भन्ने बारेमा भने अहिले केही थाहा हुन नसकेको व्लाजियोले बताएका छन्। घटना अतंककारी अक्रमण भने नभएको उनको भनाइ थियो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको  पनि मेयर व्लाजियोले बताएका छन ।

दुर्घटना भएको स्थान उडान निषेधित क्षेत्र भएको र लगउर्दिया विमानस्थलको अनुमति विना नै दुघर्टनाग्रस्त हेलिकप्टरले त्यहाँ उडान भरेको प्रारम्भिमक अनुसन्धानमा खुलेको छ ।

सन २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंककारी आक्रमण भोगेका न्यूयोर्कवासी यो घटनाबाट त्रसित बनेका छन ।

प्रकाशित मिति: : 2019-06-11 03:10:15

प्रतिकृया दिनुहोस्