राष्ट्रपति ट्रम्पको आप्रवासी कडाइमा अर्को प्रयत्न : युएससीआईएसको कार्यकारी निर्देशकमा केन

पदको सपथ लिँदै केन कुसिनेली । तस्बिर : युएससीआईएस ।।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासीलाई कडाइ गर्ने अर्को कदमका रूपमा हार्डलाइनर केन कुसिनेलीलाई युएससीआईएसको कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । उनले जुन १० देखि आफ्नो कार्यभार सम्हालिसकेको युएससीआईएसले जनाएको छ।

२५ बर्षसम्म अमेरिकी कानुनको अभ्यास गरेको केन यसअघि सन् २००२ देखि २०१० सम्म भर्जिनियाको सिनेटमा थिए भने त्यसपछि सन् २०१० देखि २०१४ सम्म भर्जिनियाकै महान्यायाधिवक्ता रहे । 

अध्यागमनका क्षेत्रमा हार्डलाइनर मानिने केन कागजपत्रविहिन आप्रवासीलाई सिमाक्षेत्रबाटै फर्काउनुपर्ने धारणा राख्छन् । उनले यसअघि जन्मजात नागरिकताको अधिकार अन्त्यका लागि समेत वकालत गरेका थिए ।

डेमोक्र्याट्स, रिपब्लिकन र अध्यागमन एड्भोकेटहरुको विरोधका बाबजुद उनलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति: : 2019-06-11 23:43:12

प्रतिकृया दिनुहोस्