अमेरिका आउँने विद्यार्थी भिसा शुल्कमा ७५ प्रतिशत वृद्धि, नेपाली विद्यार्थी पनि मारमा

अमेरिका आउने विद्यार्थी भिसामा बढ्यो ७५ प्रतिशत भिसा शुल्क । तस्विर : एजेन्सी ।

अमेरिकी सरकारले विद्यार्थी भिसा शुल्कमा गरेको ७५ प्रतिशत वृद्धिले नेपाली विद्यार्थी पनि मारमा परेका छन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बृद्धि गरेको नयाँ शुल्क दरअनुसार विद्यार्थी भिसाको आई ९०१ सेभिज शुल्कमा एक सय ५० डलर बढाएर तीन सय ५० डलर पुर्याइएको छ ।  

यसैगरी घर गृहस्थी, शिविर परामर्शदाता, समर कार्ययात्रा कार्यक्रममा आउने बाहेक अन्य प्रयोजनका लागि जे भिसामा आउनेको आई ९०१ सेभिज शुल्कमा पनि ४० डलर बढाएर दुई सय २० डलर पुर्याइएको छ ।

स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामका लागि विद्यालयको प्रमाणिकरणको प्रारम्भिक प्रमाणपत्रका लागि लाग्ने शुल्कमा पनि भारी वृद्धि गरिएको छ । यसअघि यस प्रयोजनका लागि एकहजार सात सय डलर लागनेमा एकैचोटी एकहजार तीन सय डलर बढाएर तीन हजार डलर पुर्याइएको छ । यसअघि  स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामका लागि विद्यालयको पुन प्रमाणिकरणका लागि कुनै शुल्क लाग्दैनथ्यो । तर, अब त्यसका लगि एकहजार दुई सय ५० डलर तिर्नुपर्ने भएको छ ।

यसैगरी यसअघि नयाँ क्षेत्रमा साइट भिजिट र अपिलका लागि कुनै शुल्क नलाग्नेमा त्यस प्रयोजनका लागि पनि क्रमश: छसय ५५ र छसय ७५ डलर शुल्क तोकिएको छ ।

अमेरिकाले यसरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई मर्का पर्ने गरी शुल्कमा भारी मात्रामा वृद्धि गरेको छ । यसबाट यसबाट ठूलो संख्यामा अमेरिका आइरहेका नेपाली विद्यार्थी पनि मारमा पर्ने भएका छन् । 

प्रकाशित मिति: : 2019-06-21 10:01:18

प्रतिकृया दिनुहोस्