राष्ट्रपति ट्रम्पमाथि बलात्कारको अर्को आरोप: ट्रम्प भन्छन् 'उनलाई कहिलै भेटेकै छैन'

राष्ट्रपति ट्रम्पमाथि बलात्कारको अर्को एक आरोप । तस्बिर: एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एक लेखिकाले बलात्कारको आरोप लगाएकी छिन् । न्युयोर्ककी ई. जीन क्यारोलको शुक्रबार प्रकाशित उनको पुस्तकमा यस्तो आरोप लगाइएको छ । पुस्तकको एक अंश न्यूयोर्क म्यागजिनमा प्रकाशित भएको छ जसमा लेखिकाले राष्ट्रपति ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् ।

उनले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानको म्यानह्याटन स्टोरमा ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्।

त्यसबेला ट्रम्पले आफू 'एक केटी'को लागि उपहार किन्न आएको बताएको उल्लेख गर्दै उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन्।

त्यही क्रममा उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफू बलात्कृत भएको उनले आरोप लगाएकी छिन् । 

क्यारोलले आफूले सो घटना दुईजना साथीलाई सुनाएकोमा एकले प्रहरीमा जान र अर्कोले बिर्सिन सुझाव दिएको लेखेकी छिन् । जित्न नसकिने लागेपछि प्रहरीकोमा नगएको उनले लेखेकी छिन् ।

यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्- 'मैले यो मानिसलाई आफ्नो जीवनका कहिल्यै भेटेको छैन ।' उनले अगाडि लेखेका छन्-'उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन् - यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ। यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ।'

उनले पत्रिकाले मिथ्या समाचारसँग खेलेको आरोप लगाउँदै अगाडि लेखेका छन्-'कुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरूका लागि दु:खद कुरा हो।'

 

 

प्रकाशित मिति: : 2019-06-23 02:43:07

प्रतिकृया दिनुहोस्