‘पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्नुपर्ने’

तस्बिरः एजेन्सी

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ महोत्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा आज बर्दिवासमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम २०७६ लाई सम्बोधन गदै उनले आचारसंहिता उल्लङ्घन गरेर पत्रकारिता गर्ने पत्रकारलाई तीन पटकसम्म चेतावनी दिने र त्यसपछि पनि आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा हाल्ने तथा नेपाल पत्रकार महासङ्घले साधारण सदस्यतासमेत रद्द गर्ने कारवाही गरिने सिफारिस गरिएको बताए।

उनले आर्थिक रुपमा भन्दा नैतिक रुपले नै त्यस्ता पत्रकारलाई कारवाही गरिने व्यवस्था लागू गर्न पत्रकार महासङ्घ अग्रसर रहेको र त्यसै अनुरुप सरकारले व्यवस्था गर्ने विश्वास समेत दिलाए। जिल्लाका करीब चार दर्जन पत्रकार सहभागी रहेको सो कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारका अन्य समस्या, गुनासा र जिज्ञासाको जवाफ दिएका थिए। (रासस)

प्रकाशित मिति: : 2019-12-03 14:18:33

प्रतिकृया दिनुहोस्