राष्ट्रपति ट्रम्पतिर निशाना साँध्दै ओबामाले गरे यस्तो आग्रह

राष्ट्रपति ट्रम्पतिर निशाना साँध्दै ओबामा । तस्बिर : एजेन्सी

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न आग्रह गरेका छन् । कसैको नाम नलिए पनि उनको संकेत राष्ट्रपति ट्रम्पका अभिव्यक्तिलाई लिएर आएको अनुमान गरिएको छ ।

अमेरिकामा पछिल्ला बन्दुक आक्रमण राष्ट्रपति ट्रम्पका आप्रवासी विरोधी भाषणका कारण भैरहेको बहस चलिरहेको बेला ओबामाको यो भनाइ बाहिर आएको छ । 

सप्ताहन्तमा टेक्सस र ओहायोमा भएका दुई सामूहिक हत्यामा ३१ जना मारिएपछि आफ्नो धारणा सार्वजनिक गर्दै ओबामाले भने- 'हामी सबैले सहनशीलता र विविधताको मूल्यमान्यता अङ्गाल्दै दैनिक व्यवहार गर्नुपर्छ। त्यो नै हाम्रो प्रजातन्त्रको विशेषता हो।'

डेढ वर्षदेखि ‘इएलेस’ रोगबाट थलिएका टेण्डी 

राष्ट्रपति पदमा बहाल रहँदा ओबामाले बन्दुकको स्वामित्व नियन्त्रण गर्न गरेको प्रयास विफल भएको थियो।  बन्दुकबाट जोगिनसक्ने साधारण खालका कानुन समेत पालना गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो निराशा भएको  उनले सार्वजनिक रूपमै स्वीकार गरेका थिए । 

उता, पछिल्ला दुई गोलीकाण्डपछि पनि राष्ट्रपति ट्रम्पले बन्दुक नियन्त्रण गर्ने कुनै योजना सुनाएका छैनन् । बरु उनले मानसिक रोगका कारण अमेरिकामा बन्दुकसँग जोडिएका हिंसाहरू भइरहेको बताए।

प्रकाशित मिति: : 2019-08-07 02:47:12

प्रतिकृया दिनुहोस्