अमेरिकामा ६८० कागजपत्रविहीन आप्रवासी पक्राउ : छोराछारीको बिल्लिबाठ

मानवीय आतंक : बाबुआमा जेलमा, छोराछोरी यो त्रासदीमा । तस्बिर : एजेन्सी

अमेरिकाको मिसिसिपी राज्यमा यो शैक्षिक वर्षको स्कूल सुरू भएकै दिन ६८० कागजपत्रविहीन आप्रवासी पक्राउ परेपछि उनीहरूका छोराछोरीहरू बिचल्लीमा परेका छन् । यसैबीच पक्राउ परेकामध्ये तीनसय जनालाई थुनामुक्त गरिएको बताइएको छ भने बाँकि भने थुनामै रहेका छन् । अधिकारकर्मीहरूले उनीहरूका छोराछोरीको बिचल्ली भएकाले मानवताका हिसाबले बाँकिलाई पनि छोडिदिन आग्रह गरेका छन् । 

मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत ती आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए।

त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको कारबाही भर्त्सना गरे।

तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले गत जुन महिनामा "गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिने" घोषणा गरेका थिए।

 

प्रकाशित मिति: : 2019-08-09 09:43:52

प्रतिकृया दिनुहोस्