अमेरिकामा भोलि 'रामोस भर्सेस नेल्त्सिन' को फैसला : नेपालको टीपीएस के होला ?

अमेरिकामा 'रामोस भर्सेस नेल्त्सिन' मुद्दाको फैसला : नेपालीको टीपीएस के होला ? तस्बिर : ब्रेक एन लिंक्स

अमेरिकामा टीपीएसमार्फत् बसोबास गरिरहेका नेपाललगायत पाँच देशका कागजपत्रविहीन आप्रवासीका लागि भोलि अगस्ट १४ तारिख बुधबार एक महत्वपूर्ण दिनका रूपमा उपस्थित हुदैछ ।

क्यालिफोर्नियाको नाईन्थ सर्क्युट कोर्टमा हुने 'रामोस भर्सेस नेल्त्सिन' ल-सुटको न्यायिक सुनुवाई र फैसला हुने भएकाले यो दिन उनीहरूका लागि महत्वपूर्ण भएको हो । 

यो पनि हेर्नुहोस् 

अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।

यो फैसलाले बर्षौंदेखि टीपीएस सुबिधा लिएर अमेरिकामा बसोबास गरिरहेका नेपाललगायत अन्य पाँच राष्ट्रका हजारौं आप्रवासी र उनीहरुमा आश्रित लाखौं आप्रवासीको जीवनमा प्रत्यक्ष असर पार्छ । यो मुद्दाको निर्णय उनीहरूको पक्षमा आयो भने अमेरिका बसाई लम्बिन्छ भने विपक्षमा आएमा देश फर्कन झोलीतुम्बी तयार पार्ने अवस्था सिर्जना हुन्छ । 

यो पनि हेर्नुहोस् 

'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट

नेपालमा सन् २०१५ मा गएको महाभूकम्पपछि अमेरिकामा रहेका लगभग नौहजार कागजपत्रविहीन नेपालीले सन् २०१५ को जुन २४ देखि यो सुविधा लिइरहेको बताइन्छ । पछिल्लोपटक मुद्दाको सुनुवाइ लम्बिएकाले सन् २०२० को मार्च २४ सम्म नेपालीले यो सुविधा पाएका छन् । 

नेपालको टीपीएस स्टाटस कायम राख्नका लागि न्युयोर्क कार्यक्षेत्र बनाएको अधिकारले वहस पैरवीको नेतृत्व गरिहेको छ ।  

भोलि 'रामोस भर्सेस नेल्त्सिन' ल-सुटको सुनुवाइ हुने क्यालिफोर्नियाको नाईन्थ सर्किट कोर्टबाहिर टीपीएस अभियन्ताहरू सहभागी हुने बताइएको छ । 

प्रकाशित मिति: : 2019-08-14 05:24:29

प्रतिकृया दिनुहोस्