अमेरिकामा एक नेपालीबासी महिलाले लिइन् आफ्नै श्रीमानको ज्यान

अल विदा टीका : एउटा दुर्भाग्यपूर्ण अन्त । तस्बिर : फेसबुक

अमेरिकाको ओहायो राज्यको दक्षिणी भागमा अवस्थित फेयरफिल्डमा सोमबार एक नेपालीभाषीको ख्यालख्यालमै ज्यान गएको छ । 

आफन्तसँग रहेको बन्दूकलाई खेलौना सम्झिइ श्रीमतीले चलाउँदा उनका श्रीमानको मृत्यु भएको बताइएको छ । मृत्यु हुने नेपालीभाषी भुटानी टीका कट्टेल रहेको सिनसिनाटी भुटि्न कम्युनिटीले जनाएको छ ।

यो पनि हेर्नुहोस् 

किन हुन्छ सम्बन्ध विच्छेद ?

मृतकका आफन्तहरूले घटना बन्दुकका बारेमा ज्ञान नभएका कारण भएको जनाएका छन् । उनीहरूका अनुसार मृतक कट्टेलकी बिमारी आमालाई भेटन शनिवार ओहायो राज्यको फेयरफिल्डस्थित सिग्मण्ड वे मा रहेको उनको घरमा अन्य आफन्त पनि भेला भएका थिए । सोही बेला बिरामी भेटन आएका आफन्तको गोजीबाट खसेको बन्दूक खेलाची सम्झी चलाउँदा कट्टेलको टाउकोमा लागेको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूले पनि घटना नियोजित नभएको बताएका छन् । 

आरोपी सुभा कट्टेललाई घरमै अनुसन्धानमा रहनुपर्ने र ओहायो राज्यबाट बाहिर जान नपाउने गरी तारिखमा छोडिदिएको छ । 

लामो समयसम्म नेपालको झपास्थित गोलधाप शिविरमा शरणार्थी जीवन बिताएको कट्टेल परिवार सन २००९ मा अमेरिकाको न्यु हेम्प्सायरमा पुनर्बास भएको  थियो ।  सन २०१६ मा यो परिवार ओहायोको दक्षिणी भागमा रहेको फेयरफिल्डमा सरेको थियो ।

प्रकाशित मिति: : 2019-08-14 18:39:54

प्रतिकृया दिनुहोस्