आज हुदैछ टीपीएसको सुनुवाइ : के होला फैसला ?

के होला नेपाली टीपीएसधारीको भविष्य ? तस्बिर : फाइल

अमेरिकामा टीपीएसधारीको भविष्य निर्धारण गर्ने रामोस भर्सेस नेल्सन मुद्दाको सुनुवाइ आज क्यालिफर्नियाको नाइन्थ सर्किट कोर्टमा हुदैछ । यही फैसलाअनुसार नै नेपालको टीपीएससम्बन्धी भट्टराई भर्सेस नेल्सन मुद्दाको पनि टुंगो लाग्ने भएकाले आजको यो सुनुवाई र फैसला नेपाली टीपीएसवालाका लागि पनि जीवन मरणको प्रश्न बनेको छ । 

ट्रम्प प्रशासनले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस अन्त्य गर्न गरेको निर्णयलाई फेडरल डिस्ट्रिक्ट कोर्टले रोक लगाएपछि ट्रम्प प्रशासनले त्यसविरूद्ध पुनरावेदन गरेको थियो । त्यही पुनरावेलनको सुनुवाई आज हुन लागेको हो ।  यसको फैसला नै नेपाली र होण्डुरसका तर्फबाट दायर गरिएको भट्टराई भर्सेस नेल्सन मुद्दालाई पनि मान्य हुने भनेर सम्झौता गरिएकाले नेपालीका लागि पनि यो फैसला अहम महत्वको बनेको हो । 

यो पनि पढ्नुहोला 

अमेरिकामा भोली रामोस भर्सजे नेल्सनको फैसला : नेपालको टीपीएस के होला ?

नेपालले सन् २०१५ को महाभूकम्पपछि टीपीएस पाउँदै आएको छ । यसबाट करिव नौ हजार कागजपत्रविहीन नेपाली अमेरिकामा रहेको बताइन्छ । पटक पटक थपिएको टीपीएस सन् २०२० को मार्च २४ मा सकिदैछ । 

आजको फैसला जसको पक्षमा भए पनि यो मुद्दा सर्वोच्च अदालतमा जानेर त्यहाँ पुरातनवादी न्यायाधीशहरूको वाहुल्य भएकाले प्रकारान्तरमा निर्णय टीपीएसको विपक्षमै जाने अनुमान गरिएको छ । तर, मुद्दा लम्ब्याइदा टीपीएस लिनेहरू अरू बढी अमेरिका बस्न पाउँने भएकाले यो मुद्दाको भविष्य थाहा हुँदाहुदै पनि मुद्दाका लागि मुद्दा गरिएको भन्नेहरू पनि कम छैनन् । 

  

प्रकाशित मिति: : 2019-08-14 20:24:12

प्रतिकृया दिनुहोस्