अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोलीप्रहार: ६ प्रहरी अधिकृत घाइते

फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि आक्रमण । तस्बिर : एजेन्सी

अमेरिकाको पेन्सेल्भेनिया राज्यको फिलाडेल्फियामा भएको गोलीबारीमा कम्तिमा पनि पाँचजना प्रहरी अधिकृतहरू घाइते भएका छन् । उनीहरूको स्थानीय टेम्पल युनिभर्सिटी मेडिकल हस्पिटलमा उपचार भैरहेको बताइएको छ । 

लागूपदार्थ नियन्त्रण इकाइमा कार्यरत प्रहरी अधिकृतहरूमाथि फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमण गरिएको हो ।

यो समाचार तयार पारिरहेको अमेरिकी पूरवीसमयानुसार साँंझ ६ बजेर ३० मिनेट गएको बेला पनि त्यहाँ आक्रमणकारीले गोली चलाइरहेको एक प्रहरी अधिकारीले बताएका छन् । आक्रमणकारी एकजना छ कि धेरै छन् केही भन्न नसकिने बताउँदै उनले  सर्वसाधरणलाई घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन् । 

घटना के कारणले भएको हो अनुसन्धान जारी रहेको बताइएको छ । 

प्रकाशित मिति: : 2019-08-15 04:15:17

प्रतिकृया दिनुहोस्