अमेरिकामा निस्के दोस्रा 'ह्विसलब्लोअर' : बढ्यो ट्रम्पको अरू मुस्किल

बढ्दैछ ट्रम्पको टेन्सन । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समस्या अरू बढेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका अर्का एकजना जानकारले पनि उजुरी गरेपछि उनको समस्या अरू बढेको हो । 

यी ह्विसलब्लोअर पनि सीआइएका अधिकारी भएको बताइएको छ ।  फोनवार्ताको प्रत्यक्ष जानकारी भएका उनले जासुसी निकायको अनुगमन गर्ने उच्च अधिकारीसँग पनि कुरा गरिसकेकाले उनको मुद्दा पहिलेको भन्दा मजबुत भएको ट्रम्पका वकिलले पनि स्वीकार गरेका छन् । 

यो पनि पढ्नुहोस् 
फेरि लडे ९५ वर्षीय अमेरिकी पूर्वराष्ट्रपति कार्टर, टाँका लगाएरै घर बनाउन टेनेसीतिर

पहिलो उजुरीकर्तालाई राष्ट्रपति ट्रम्पले राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाउँदै आएका थिए। तर, दोस्रो उजुरीकर्ताका बारेमा भने ह्वाइट हाउसले मुख खोलेको छैन । 

दोस्रो उजुरीकर्ताले राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाइदिने आँकलन गरिदैछ । दोस्रो उजुरीकर्तासँग उक्त वार्तालापबारे प्रत्यक्ष जानकारी भएकाले पनि यो मुद्दा जटिल बनेको हो । 

विपक्षी डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध महाभियोगको छानबिन अघि बढाइरहेका छन्। यही क्रममा उनीहरूले ह्वाइट हाउस तथा विदेशमन्त्री माइक पोम्पेओसँग थप दस्तावेज माग गरेका छन्।

 

प्रकाशित मिति: : 2019-10-07 09:36:33

प्रतिकृया दिनुहोस्