अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

फाउण्डेसनको पैसा पुरस्कार दिदै ट्रम्प । फाइल तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई मिलियन डलर जरिवाना गरिएको छ ।

न्यूयोर्क राज्यकी न्यायाधीश सालियान स्कारपुलाले डोनाल्ड जे ट्रम्प फाउण्डेसनको नाममा जम्मा भएको रकम ब्यापारिक तथा राजनीतिक लाभका लागि प्रयोग गरेको भन्दै यस्तो निर्णय सुनाएकी हुन् । 

दुरुपयोग भएको रकम ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने ठहर पनि उनले गरेकी छिन् । फैसलामा ट्रम्पले आफ्ना छोराहरुले सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको उल्लेख छ । 

न्युयोर्क राज्यको महान्यायाधिवक्ता लेटिटिया जेम्सले ट्रम्प र उनका सन्तानले परोपकारी कोषको २.८ मिलियन डलर रकम दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले सुरूदेखि नै पैसाको उपयोग राजनीतिक तथा ब्यापारिक हितका लागि नगरेको भन्दै आएका छन् । 

प्रकाशित मिति: : 2019-11-08 08:54:26

प्रतिकृया दिनुहोस्