अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण : प्रतिवेदन नै गायब !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका निजी चिकित्सकले ढाँट्न कतिसम्म सकिदोरहेछ भन्ने एउटा पराकाष्ठाको अभ्यास गरेका छन् ।

ट्रम्प शनिबार वाल्टर रिड नेश्नल मिलिटरी मेडिकल सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए तर उनका चिकित्सक सिन कोन्लीले स्वास्थ्य जाँच गरेको कुरा नै अस्वीकार गरिदिए ।

छाती दुखेर ट्रम्प केही घण्टा अस्पताल पुगेर ल्याब परीक्षण गराएको अभिलेख वाल्टर रिड नेश्नल मिलिटरी मेडिकल सेन्टरमा अझै पनि छ । तर, ट्रम्पका चिकित्सक सिन कोन्लीले भनेका छन्, ‘केही अनुमानका बावजुद राष्ट्रपतिलाई कुनै छातिको दुखाइ थिएन । न त कुनै आपतकालिन उपचार नै गराए । '

आखिर किन राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको जानकारी लुकाउन खोजिदैछ ? कतै ट्रम्प गम्भीर रोगको शिकार त भएका छैनन् ? अमेरिकी सञचार माध्यममा यस कोणबाट बाक्लै प्रश्नहरू उठाइएका छन् ।

उता, ट्रम्पले भने ‘वार्षिक नियमित परीक्षण’ गराएको बताएका छन् ।

आखिर किन राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको जानकारी लुकाउन खोजिदैछ ? कतै ट्रम्प गम्भीर रोगको शिकार त भएका छैनन् ? अमेरिकी सञचार माध्यममा यस कोणबाट बाक्लै प्रश्नहरू उठाइएका छन् ।

वासिङ्टन पोष्टले त 'ट्रम्पको रहस्यमयी अस्पताल भ्रमणले उब्जाएका प्रश्न’ शीर्षकमा सम्पादकीय नै लेखेको थियो । सम्पादकीयमा राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी पाउँनु हरेक अमेरिकी नागरिकको अधिकार भको तर्क गरिएको थियो।

प्रकाशित मिति: : 2019-11-21 10:29:37

प्रतिकृया दिनुहोस्