नेपालमा लालबाबु हटाइँदा अमेरिकामा खुशियाली !

लालबाबु : गैरआवासीय नेपालीका आँखाको तारो ! फाइल तस्बिर

नेपालको ओली मन्त्रिमण्डलबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित हटाइँदा अमेरिकाको नेपाली डायस्पोरामा खुशीयाली छाएको छ । 

सामाजिक सञ्जालका भित्ताहरू उनलाई खुच्चिङ गर्न खर्चिएका छन् । कसैले 'ठीक पर्यो' भनेका छन् भने कसैले 'भूपू नेपालीको श्राप लाग्यो' भनेका छन् । 

कसैले डीभी र पीआरको जय भन्न भ्याएका छन् भने कसैले त 'पाप धुरीबाट करायो' समेत लेखेका छन् । 

यस्तो लेख्नेमा विरोधी पार्टीका समर्थक त हुने नै भए, उनको आफ्नै पार्टीको विचार बोक्ने प्रवासी नेपाली मञ्चका नेता कार्यकर्ता पनि यस्तो लेख्ने प्रतिस्पर्धामा उत्रिएका छन्। शत्रुको शत्र मित्र भनेझै उनको विरोध गर्न आफ्नो पेटीस्वार्थले सबैलाई एक ठाउँमा ल्याइ लिएको जस्तो देखिन्छ।

लालबाबु हटाइएकोमा खुशी हुन केहीले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रशंसा पनि गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको ओलीको यस निर्णयलाई 'सही निर्णय' भनेका छन् । 

सामाजिक सञ्जालका भित्ताहरू लालबाबुलाई खुच्चिङ गर्न खर्चिएका छन्।कसैले 'ठीक पर्यो' भनेका छन् भने कसैले 'भूपू नेपालीको श्राप लाग्यो' भनेका छन् । कसैले डीभी र पीआरको जय भन्न भ्याएका छन् भने कसैले त 'पाप धुरीबाट करायो' समेत लेखेका छन् । 

खासगरी विदेशको पीआर लिने र अमेरिकी डीभी लिने सरकारी कर्मचारीप्रति कडा रूपमा प्रस्तुत भएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विदेशमा बस्ने नेपालीले त्यति रूचाउँदैनन् । उनले सरकारी कर्मचारीप्रति देखाएको यो रवैयालाई विदेशमाबस्ने नेपालीले सबैलाई भनेको अर्थ लगाएर उनको विरोध गर्ने गरेका छन् । 

यही मनमुटाव बढ्दै गएपछि उनले विदेशमा बस्ने नेपालीलाई भूपू नेपालीसमेत भन्न भ्याए। उनले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेलाई भूपू नेपाली भने पनि नेपाली नागरिकता कायम राखेकाले पनि आफूलाई भनेको भनेर रिसाउन भ्याए । 

गैरआवासीय ने पाली संघको मूल नारा छ, एकपटकको नेपाली सधैंको नेपाली।यही नारामुनि संसारभर रहेका धेरै नेपाली गोलवद्ध छन् । तर, लालबाबु पण्डित नेपाली नागरिता कायम राखुन्जेल मात्रै नेपाली हुने विचार राख्छन् । उनको यो विचार पनि दोहोरो नागरिकताका फागि लडिरहेका एकपटकका नेपाली सँधैका नेपाली हुन चाहने गैरआवासीय नेपालीलाई मन परेको छैन ।

 

 

प्रकाशित मिति: : 2019-11-21 11:11:00

प्रतिकृया दिनुहोस्