अफगानिस्तान, भारत र पाकिस्तानमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी

काठमाडौं, पुस ५

अफगानिस्तानको बदाखसन क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसका अनुसार शुक्रवार साँझ गएको भूकम्प ६.४ म्याग्निच्युडको थियो।

भूकम्पका कारण भारत र पाकिस्तानका उत्तरी क्षेत्रमा पनि धक्का महसुश भएको भारतीय मिडियाले जनाएका छन् । बिबिसीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबादमा संसदको बैठक चलिरहेका अवस्थामा भूकम्प गएकाले सांसदहरू संसद भवन खाली गरेर बाहिरिएका थिए। भूकम्पका कारण ठूलो संख्यामा भौतिक संरचनाको क्षति भए पनि मानवीय क्षतिको विवरण आएको छैन। पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर, मर्री, मनसेहरा, बट्टग्राम, चिनिओट र गिलगिट–बाल्टिस्तानमा भूकम्पको धक्का महसुश गरिएको बताइएको छ।

  भूकम्पको क्षतिको पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित मिति: : 2019-12-21 14:02:52

प्रतिकृया दिनुहोस्