प्रधानमन्त्री ओली सागका पदक विजेतालाई सम्बोधन गर्दै

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन  गर्ने भएका छन्।

उनले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्नेछन्।

सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका थिए।

प्रकाशित मिति: : 2019-12-11 08:33:39

प्रतिकृया दिनुहोस्