गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु: मन्त्री अर्याल

फाइल तस्बिर: बिएल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला परेको बताएकी छन्।

‘मैले एउटा अभिलेख हेर्दा १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु,’ गुठीयारहरूसँगको छलफलमा उनले भनिन्, ‘पत्ता नलागेको अतिक्रमण त कति छ कति?’ जताततै मोही खडा गरेर गुठीको जग्गा बेच्ने काम नरोकिएको उनको भनाइ थियो।

‘मन्त्रालयको सबैभन्दा ठूलो चिन्ता गुठीको जग्गा अतिक्रमण भइरहेकोमा छ,’ उनले भनिन्, ‘दुःखको कुरा के छ भने आज पनि अतिक्रमण जारी छ।’

प्रकाशित मिति: : 2019-12-11 12:46:06

प्रतिकृया दिनुहोस्