क्रिकेटरबाट नेता बनेका गम्भीरलाई ज्यान मार्नेे धम्की

बिएल संवाददाता

दिल्ली, Dec 22, 2019

क्रिकेटरबाट नेता बनेका गौतम गम्भीरले ज्यान मार्ने धम्की पाएका छन्। सत्तारुढ भारतीय जनता पार्टीबाट यसै बर्ष चुनाव लडेर गम्भीर सांसद बनेका थिए। उनले घटनाका जानकारी राजधानी दिल्लीस्थित बाबत पुलिस चौकीमा गराइसकेका छन्।

उनले अन्तर्राष्ट्रिय नम्बरबाट आफू र परिवारलाई फोन गरेर धम्की दिएको बताए। उनले परिवारको सुरक्षाको सुनिश्चिताका लागि प्रहरीसमक्ष अनुरोध गरेको बताइएको छ। 

गम्भीरले २० डिसेम्बरमा प्रहरीसमक्ष उजुरी दर्ता गराएका थिए। उजुरीमा ७–४००–०४३ नम्बरबाट मार्ने धम्की आएको बताइएको छ। 

गम्भीरले शुक्रबार आफूलाई मोबाइलमा धम्की आएको स्पष्ट पारे। भारतीय क्रिकेट टिमका पूर्व प्रारम्भिक ब्याट्सम्यान गम्भीरले ५८ टेस्टमा ९ सतकको सहयोगले ४ हजार १ सय ५४ र १ सय ४७ एकदिवसीयमा ११ सतकको सहयोगले ५ हजार २ सय ३८ रन बनाएका थिए। 
 

प्रकाशित मिति: : 2019-12-22 23:44:37

प्रतिकृया दिनुहोस्