पीपीएल: विराटनगरलाई हराउँदै चितवन फाइनलमा प्रवेश

विराटनगर टाईटन्स १८ रनले पराजित

चितवन राइनोज पोखरा प्रिमियर लिगमा लगातार चौंथो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवन फाइनलमा प्रवेश गरेको हो। 

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो।

विराटनगरका लोकेश बमले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै पुनित मेहेराले २४ तथा नोमन खानले १८ रन बनाए।

चितवनका करण केसी र भुवन कार्कीले ३र३ विकेट लिए। रोहन मुस्तफाले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।

चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए।

यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए।

जितसँगै  शीर्ष स्थानको चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेर फाइनलमा स्थान पक्का बनाएको हो।

चितवनले अन्तिम खेलमा काठमाडौं गोल्डेन्ससँग खेल्नेछ।

चार खेलमा २ अंक जोडेको विराटनगर चौंथो स्थानमा रहेको छ। विराटनगरले खेलेका चार खेलमा एकमा जित र तीनमा हार ब्यहोरेको छ।
 

प्रकाशित मिति: : 2019-12-23 02:28:20

प्रतिकृया दिनुहोस्