पीपीएल: धनगढीलाई हराउँदै बुटवल प्लेअफमा

पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्स प्ले अफमा पुगेको छ। आइतबार भएको खेलमा  धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै बुटबल  प्ले अफमा पुगेको हो। 

१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।

बुटवललाई सहज जित दिलाउन ओपनर अफ्ताब उदीन अहमदले ५२ रनको आक्रामक इनिङ खेले। उनले २३ बलमा ७ छक्का र १ चौका प्रहार गरेका थिए।

 हर्ष टोन्कले ४० रन बनाए। आक्रामक ब्याटिङ गरेका टोन्कले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। शंकर राना २५ रनमा स्टम्पिङ आउट भए।

यता शिवम सिंह १५ र भिम सार्की ७ रनमा अविजित रहे। 

धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। दीपक पुनियाले १ विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४१ रन बनायो।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सन्दीप जोराले ३९ रन जोड्दा सौरभ खनालले १० रन बनाए।

बुटवलका अविनाश बोहराले ४ विकेट लिए। यस्तै ललित भण्डारीले ३ विकेट लिए।

 लिगको पुछारमा रहेको धनगढी आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। उसले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ।

यता बुटवलले पनि यो खेल जित्नेपर्ने हुन्छ। प्लेअफमा पुग्न बुटवलले धनगढीलाई हराउनु पर्नेछ।

बुटवलले तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ। धनगढीले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ। 

प्रकाशित मिति: : 2019-12-23 04:52:20

प्रतिकृया दिनुहोस्