दार्जीलिङमा नागरिकता संसोधन विधेयकको समर्थन र विरोधमा छुट्टाछुट्टै र्‍याली (भिडियोसहित) 

बिजेपीबाट सांसद बनेका राजु बिष्टले विधेयकको समर्थनमा र्‍याली निकाल्ने बताएका छन्।  

सरकारले लागु गर्न लागेको नागरिकता संसोधन विधेयकको समर्थन र विरोधमा नेपालीहरू उत्रिएका छन्। गोर्खा जनमुक्ति मोर्चा (विनय समूह) जहाँ यो विधेयकको विरोधमा उत्रिएका छन् भने सत्तारुढ भारतीय जनता पार्टीले नागरिकता संसोधन विधेयकको समर्थनमा र्‍याली निकाल्ने बताएको छ। 

विनय समूहको युवा मुक्ति मोर्चाका प्रवक्ता अनित खत्रीले नागरिकता संसोधन विधेयकले आसाममा बसोबास गर्दै आइरहेका एक लाख बढी गोर्खालीलाई प्रभावित पार्ने दावी गर्छन्। उनले २९ डिसेम्बरमा दार्जीलिङ बन्द गर्ने बताएका छन्। 

यस्तै, बिजेपीबाट सांसद बनेका राजु बिष्टले विधेयकको समर्थनमा र्‍याली निकाल्ने बताएका छन्।  

प्रकाशित मिति: : 2019-12-25 00:49:08

प्रतिकृया दिनुहोस्