कानुनमन्त्री उपेन्द्र यादवले राजीनामा दिँदै

समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। 

समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यादवले राजीनामा बुझाउने स्रोतले जनाएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए। साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो।

 

प्रकाशित मिति: : 2019-12-25 02:16:43

प्रतिकृया दिनुहोस्