नेकपा सचिवालयको बैठक स्थगित

फाइल तस्बिर: बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ। बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो।

मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ। स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ।

प्रकाशित मिति: : 2019-12-13 12:52:53

प्रतिकृया दिनुहोस्