नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको मन्त्री अर्यालद्वारा स्वीकार

तस्बिर: बिएल

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी छिन्।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताइन्।

उनले आफ्नो भूमि फिर्ता ल्याउन सरकार तत्पर रहेको पनि बताइन् । 'आफ्नो नक्शा प्रकाशित गर्ने हैसियत विगतमा हामीले बनाएनौं। भारतले नै प्रकाशित गर्यो,' उनले भनिन् । उनले लिम्पियाधुरा नेपालको भूमि हो भन्ने प्रमाण जुटिसकेको बताइन् । यसका लागि २०१५ मा तिरो तिरेका र २०१८ मा जनगणना गरेका प्रमाण भएको पनि उनले समितिमा बताइन्।

नेपालाले भारतलाई कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनले बताइन्।

‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ। प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गने देखिन्छ’, मन्त्री अर्यालले भनिन् ।

 

प्रकाशित मिति: : 2019-12-13 13:42:05

प्रतिकृया दिनुहोस्