डडेल्धुरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, राजमार्ग अवरुद्ध

डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्।  

मृतकका आफन्तले बुधबार भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्। मंगलबार भिमदत्त राजमार्गको डडेल्धुरा अमरगढी नगरपालीका १ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो भने मोटर साईकल चालक १९ वर्षीय मेहन्द्र ठगुन्ना घाइते भएका थिए।  

घाइते ठगुन्नालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।  

भीमदत्त राजमार्ग अन्र्तगत स्याउले बजार के आई सिह राजमार्गको सल्लाघारीमा आफन्तहरूले टालय बालेर सडक अवरुद्ध पारेका हुन्।  

घटना भएको २४ घण्टा वित्नै लाग्दासम्म पनि सम्वन्धीत वस प्रालिका कुनै पनि प्रतिनिधि सम्पर्कमा नआए पछि वाध्य भएर सडक अवरुद्ध पारेको मृततका आफन्तले जनाएका छन्।  
 

प्रकाशित मिति: : 2019-12-26 04:24:56

प्रतिकृया दिनुहोस्