'नेपाल भ्रमण वर्ष २०२०': अर्थतन्त्रको बिकासको आधार

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० नेपालको अर्थतन्त्रको बिकासको आधार भएको बताएका छन्।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटन मन्त्रालयले बुधबार सरोकारवालासँग गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई ३ बाट १० प्रतिशत पुराइने बताएका छन्। 

उनले अव एक बर्षका लागि मात्र पर्यटन बर्ष नमनाइने भन्दै यो अभियानलाई निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो। मन्त्री भट्टराईले बाह्य पर्यटकको खर्च गर्ने अवस्था ४४ देखि ८० डलर पुराइने र यस क्षेत्रको रोजगार डेडदेखि दुई लाखको संख्यामा पुराइने बताउनुभयो। मुलुकको दिगो बिकासमा पर्यटन क्षेत्रको योगदानलाई बढाउदै लगिने उनको भनाई छ।

त्यस्तै उनले पर्यटन बर्षलाई सफल पार्न आवश्यक पूर्वाधारहरु स्थानीय तह मातहत हुने भन्दै भ्रमण बर्ष सफल पार्न स्थानीय तहको भूमिका अपरिहार्य हुने बताए।

कार्यक्रमा स्थानीय तहका प्रमुखहरुले आफ्नो क्षेत्रका योजना सुनाएका थिए। उनीहरुले  पर्यटक तान्‍ने गरी सम्पदाको निर्माण देखि अन्य पूर्वाधार निर्माणका कार्यहरुसमेत सुरु गरिरहेको जनाएका थिए।

त्यस्तै उनीहरुले स्थानीय तहहरुमा भ्रमण वर्षको तयारी नै कम भएको गुनासो गरेका थिए।

प्रकाशित मिति: : 2019-12-26 04:33:35

प्रतिकृया दिनुहोस्