बिगबास लिग: स्ट्राइकर्सविरुद्ध सन्दीप प्लेईङ सेटमा

 मेलबर्न स्टार्सले बिगबास लिग (बीबीएल) क्रिकेटको तेस्रो खेलमा अहिले एडिलेइड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्दैछ।

अघिल्ला दुई खेलमा जित निकालेको मेलबर्नले तेस्रो खेलमा स्ट्राइकर्ससँग खेल्न लागेको हो। स्ट्राइकर्सविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने प्लेईङ सेटमा परेका छन्।

सन्दीपले अघिल्ला २ खेलमा २ विकेट लिएका छन्।

मेलबर्नले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ।


 

प्रकाशित मिति: : 2019-12-28 02:44:37

प्रतिकृया दिनुहोस्