मेलबर्नलाई १७४ रनको लक्ष्य,सन्दीपको हातमा एक विकेट

मेलबर्न स्टार्सले बिगबास लिग (बीबीएल) क्रिकेटको तेस्रो खेलमा अहिले एडिलेइड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्दैछ।

टस हारे पहिला ब्याटिङ गरेको एडीलेडले २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनाएको छ। 

एडीलेडका लागि जोनाथन वेल्सले सर्वाधिक अविजित ६८ रन बनाएका छन् भने कप्तान एलेक्स केरीले ४५ रन बनाए। 

त्यस्तै जेक वेदरलडले २१ रन बनाए। 

मेलवर्नका बलर डेल स्टेन, डानियल वोरेल, एडम जाम्पा र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए।    
 

प्रकाशित मिति: : 2019-12-28 04:20:44

प्रतिकृया दिनुहोस्