सूर्य नमस्कार कति काइदा, मन र शरीरलाई फाइदैफाइदा

योग गरौं, स्वस्थ रहौं

सूर्यलाई नमस्कार गर्नुको कारण
सूर्य नमस्कार सूर्यलाई अभिवादन, प्रणाम, श्रद्धा वा आभार प्र्रकट गर्ने एउटा ऋषिकालीन सभ्यताको नाम हो। सूर्य सृष्टिका मूल हुन् र जगत्का आधार पनि । सूर्यमा सबैथोक छ।

सूर्यबाट नै यो चराचर जगत्को रचना भएको भन्ने पौराणिक मान्यता त छँदै छ, विज्ञानले पनि सूर्यबाट चोइटिएर गएका अनेक खण्डहरू पृथिवीलगायतका ग्रहहरू भएको भनेर व्याख्या गरेको छ। चाहे जुन शैली र भाषामा भनिएको नै किन नहोस्, आखिर सूूर्य नै ब्रह्माण्डका मूल हुन् भन्ने विषयमा सबैैको सहमति देखिन्छ।

प्रकाशित मिति: : 2019-12-28 20:34:34

प्रतिकृया दिनुहोस्