मानवअधिकार हननका दोषी कारबाहीमा उदासीनता, कार्यान्वयन भएन १९ वर्षदेखिका सिफारिस

काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन । दोषीउपर दण्ड सजाय र कारबाही गर्नुको साटो सरकारी निकायले संरक्षण र प्रोत्साहन दिँदै आएको पाइएको छ ।
केही समयअघि नेपाल प्रहरीको अपरेसनमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको हत्याको विषयमा आयोगले छानबिन गरेको थियो । आयोगले पौडेलको मुडभेडमा नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको ठहर गर्दै ‘घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गरी कारबाही गर्न’ सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले आयोगको सिफारिस अहिलेसम्म मानेको छैन ।

प्रकाशित मिति: : 2019-12-29 20:21:09

प्रतिकृया दिनुहोस्