चर्चित हरियाणवी डान्सर सपना चौधरीको कार दुर्घटना भएको छ। यो दुर्घटना गुडगांवमा भएको थियो। यहाँको हिरो होन्डा चोकमा सपनाको कारलाई पछाडिबाट अर्को तिव्र गतिको कारले ठक्कर दिएको थियो।
सेतो रंगको उनको फर्चुनर कार अगाडि र पछाडि दुवैतर्फ क्षति पुगेको छ। सपनाको कार उनका ड्राइभरले चलाइरहेको बताइएको छ। दुर्घटनामा सपना मुस्किलले बचेकी छिन्।
सपनाले यस विषयमा कुनै उजुरी भने दर्ता गराएकी छैनन्।