वैद्य समूहका नेता सीपी गजुरेल माइतीघरबाट पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन्।  

भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको बेला गजुरेललाई प्रहरीले पक्राउ गरेको हो ।  

माइतीघरतर्फबाट विरोध जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ  अघि बढेपछि प्रहरीले धरपकड गरेको थियो।  सो क्रममा वैद्य माओवादीका अरू केही कार्यकर्ता पनि पक्राउ परेका छन्।  

प्रकाशित मिति: : 2019-12-30 04:17:11

प्रतिकृया दिनुहोस्