भान्सा सुरक्षा: सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ

यलु जोशी

काठमाडौँ

काठमाडौँ, पुस १४ गते । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।
बालाजुकी एक गृहिणी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हाल्नुभयो । त्यही समयमा श्रीमान्को फोन आएपछि उहाँ त्यसैमा व्यस्त हुनुभयो । भान्छामा त तेल डढेर आगो बल्न थालिसकेछ । हतारहतार आगो निभाउन कपडाले हान्नुभयो तर आफूतिर नै आयो, त्यही समय घरमा पालेको कुकुरले नतानेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।

प्रकाशित मिति: : 2019-12-30 21:52:23

प्रतिकृया दिनुहोस्