कांग्रेसको असन्तुष्ट पक्षले जिल्ला सभापतिको भेला बोलाउने

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेको निर्णयको विरुद्ध जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरेको छ।  

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले केन्द्रिय समितिले गरेको निर्णय र आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला पुष २१ गते बोलाउने निर्णय गरेको हो।

बैठकले केन्द्रिय समिति गरेको यसअघिको निर्णय नसच्चाएसम्म कुनै पनि बैठकमा सहभागी नहुने निर्णय पनि गरेको बरिष्ठ नेता पौडेलले बताए।  

उनले केन्द्रिय समितिले एकलौटी रुपमा गरेको निर्णयले महाधिवेशनलाई नै अनिश्चित बनाएको आरोप पनि लगाए। उनले पार्टीभित्र भएको एकलौटी निर्णयले पार्टीलाई थप धरासयी बनाएको हुँदा देशभरका कांग्रेस कार्यकर्ता सचेत हुने बेला आएकोे र यसका लागी आफुहरुले छलफलको आयोजना गरेको जानकारी पनि दिए।

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले मेलमिलापको नीति अनुसार नै काग्रेस अघि बढ्नुपर्ने बताउनुभयो। यसअघि शुक्रबार कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशन ०७७ फागुनमा गर्ने, विभाग बढाएर ४७ वटा बनाउने, तरूण दलको कार्यकाल ६ महिना थप गर्नेसहित विभिन्न ९ वटा निर्णय गरेको थियो। वरिष्ठ नेता पौडेल समूहले भने सो बैठक बहिष्कार गरेको थियो।


 

प्रकाशित मिति: : 2020-01-01 10:02:24

प्रतिकृया दिनुहोस्