कालापानीमा बाह्रैमास सुरक्षा

काठमाडौं : सरकारले कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा पोस्ट राख्ने तयारी गरेको छ। गृह मन्त्रालयका अनुसार जाडो र गर्मी मौसम अनुकुल हुने गरी सुरक्षा पोस्ट निर्माण गर्ने प्रक्रियासमेत अघि बढेको छ।

संसद्को संयुक्त संघीय राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मंगलबार गृहमन्त्री रामबहादुर थापाले भारतसँगको सिमानामा मौसम अनुकुल १ सय ५ वटा र चीनसँगको सिमानामा ७ वटा गरी ११२ वटा बोर्डर अब्जरवेशन पोस्ट (बीओपी) राख्ने पक्रिया अघि बढाएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-01 21:07:01

प्रतिकृया दिनुहोस्