घर भाडामा बस्नेको विवरण खोज्दै सरकार , घरबेटीले विवरणनजिकको प्रहरी इकाइमा दिनुपर्ने

काठमाडौं । सरकारले घर भाडामा दिने घरबेटीमार्फत भाडामा बस्नेहरूको विवरण खोज्ने तयारी गरेको छ ।  पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रमा भाडामा बस्नेहरू मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घरभाडामा लिएर बस्नेहरूको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सोबारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित सहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

प्रकाशित मिति: : 2020-01-01 21:17:36

प्रतिकृया दिनुहोस्