यी हुन् एक दशकमा सबैभन्दा धेरै पटक डाउनलोड भएका चार एप !

एजेन्सी

काठमाडाैं

इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म फेसबुक अहिले मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन्। तर मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार  फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको छ।

एम्नेष्टीको रिपोर्टमा यो प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। फेसबुकले इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान पुर्‍याउने अवस्था सिर्जना गरिरहेको दाबी रिपोर्टमा गरिएको छ।

तर विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ।

ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो।

तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो। ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन्।

पाँचौ र छैटौँ स्थानमा स्न्यापच्याट र स्काइप छन् भने त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र यूसी ब्राउजर छन्।

युट्युब र ट्विटर पनि शीर्ष १० मा परेका छन्। शीर्ष १० मध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन्।

यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो। जुन डेन्मार्कको किलूले बनाउँछ।

क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2020-01-03 00:49:55

प्रतिकृया दिनुहोस्