कांग्रेस विवाद बढ्दै, केन्द्रीय समिति बैठक दुईतिर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद झनै झांगिँदै गएको छ । केन्द्रीय समितिबाट भएको बहुमतको निर्णयलाई लिएर संस्थापन र इतर समूहबीच पछिल्लो समय विवाद झनै बढेको हो ।  केन्द्रीय समितिबाट भएको बहुमतको निर्णयलाई लिएर कांग्रेसभित्रको असन्तुष्ट समूहको समानान्तर बैठक नै बसेको छ । सभापति शेरबहादुर देउवाले २१ पुसको बैठकबाट फागुनमा चार वर्षे म्याद सकिन लागेको केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेका थिए । यस्तै, सोही बैठकबाट १४औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय बहुमतबाटै गरिएको थियो ।यसैगरी, पार्टीका केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, तरुण दलको म्याद ६ महिना थप गर्नेलगायतका निर्णय पनि सोही बैठकबाट भएको थियो ।

प्रकाशित मिति: : 2020-01-03 21:02:18

प्रतिकृया दिनुहोस्