नेकपा सचिवालय बैठक: सभामुखकाे उम्मेदवार ताेक्ने मुख्य एजेण्डा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा बस्दै छ।  

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस विषयमा बिहीबार छलफल हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका थिए।  

राष्ट्रिय सभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ। राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ। जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन्। सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ।

प्रकाशित मिति: : 2020-01-03 21:13:58

प्रतिकृया दिनुहोस्